राजनीति


कैलाश मानसरोवर यात्रा र चीन-भारत सिधा उडान गर्न सी र मोदीबीच छलफल

कैलाश मानसरोवर यात्रा र चीन-भारत सिधा उडान गर्न सी र मोदीबीच छलफल

नेपालखबर
भदौ १५, २०८२ आइतबार १४:५६, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु भइसकेको अवस्थामा दुवै देशबीच सिधा हवाइ उडान गर्नेबारे छलफल भएको छ। 

सांघाई सहयोग संगन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीनको तियान्जिन सहरमा पुगेमा मोदी र सीबीच आइतबार करिब ५० मिनेट कुराकानी भएको थियो। उक्त भेटमा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्राललयले बताएको छ। 

‘दुवै नेताहरूले कैलाश मानसरोवर यात्रा र पर्यटक भिसाको पुनः सुरु भएको अवसरमा प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यकतामा जोड दिनुभयो,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक तथा व्यापारिक सम्बन्धका विषयमा उहाँहरूले विश्व व्यापारलाई स्थिर पार्न आफ्नो दुवै अर्थतन्त्रको भूमिकालाई स्वीकार गर्नुभयो।’

त्यस्तै द्विपक्षीय व्यापार र लगानी सम्बन्ध विस्तार गर्न तथा व्यापार घाटा घटाउन राजनीतिक र रणनीतिक दृष्टिकोणबाट अघि बढ्नुपर्ने आवश्यकता दुवै नेताले औंल्याएको समेत उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad