राजनीति


हदबन्दी भन्दा बढी जग्गा दिएर गल्ती भयो भन्नेकुराको कानुनी आधार छैन : नेपाल

हदबन्दी भन्दा बढी जग्गा दिएर गल्ती भयो भन्नेकुराको कानुनी आधार छैन : नेपाल

नेपालखबर
भदौ १४, २०८२ शनिबार १६:४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको दाबी गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिने काम गरेर बेठिक गरेको भन्दै मुद्दा लगाइएको बताए। 

हदबन्दी भन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नेकुराको कानुनी आधार नरहेको भन्दै नेपालले उक्त जग्गा मन्त्रिपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको आफ्नो मन्त्रिपरिषद्मा विद्यादेवी भण्डारीदेखि एमालेका महासचिव शंकर पोखरेल, सुजाता कोईराला, भीम रावल, मिनेन्द्र रिजालसम्म रहेको दाबी गरे।

‘अहिले ममाथि एउटा मुद्दा चलाइएको छ, मुद्दा के छ त्यहाँ,’ उनले भने, ‘मुद्दामा ४ वटा कुरा छ। हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिने काम गरेर बेठिक भयो भन्नेछ। सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना र हानी नोक्सानी गर्ने काम भयो। यसरी हिनामिना र हानी नोक्सानी गरेर भ्रष्टाचारको काम भयो। हदबन्दी भन्दा बढी जग्गा विक्री गर्न दिन पाइन्छ की पाइँदैन, कानुनले के भन्छ? हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था रहेको छ। कसैले स्वीकृति नलिइकन किनेको रहेछ भनेपनि नियमन गर्न सकिन्छ। नेपाल सरकारले सूचित आदेश बमोजिम हदबन्दीको जग्गा राख्न दिन स्वीकृति दिन सक्नेछ। स्वीकृति दिँदा आवश्यक सर्त तोक्न सक्नेछ। अर्थात हदबन्दी भन्दा बढी जग्गा राख्न दिने अधिकार नेपाल सरकारसँग छ। यस केसमा क्याबिनेटले सर्वसम्मतिले निर्णय गरेर दिएको हो। हदबन्दी भन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नेकुराको कानुनी आधार छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad