राजनीति


एमाले खोटाङले गर्‍यो पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय

एमाले खोटाङले गर्‍यो पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय

नेपालखबर
भदौ ९, २०८२ सोमबार २१:५८, काठमाडौँ

नेकपा (एमाले) खोटाङ जिल्ला कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय गरेको छ।

एमालेको दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीले पारित गरेको अन्तरपार्टी निर्देशन अपानी १२को निर्णयलाई समर्थन गर्दै एमाले खोटाङले यस्तो निर्णय गरेको हो।
आगामी भदौ २० गतेदेखि २२ गतेसम्म एमालेको दोश्रो विधान महाधिवेसन हुँदैछ। त्यसका लागि एमालेले भदौ ५, ६ र ७ गते पालिका स्तरिय र भदौ ८ गते जिल्ला स्तरिय सुझाव संकलन  कार्यक्रम तथा सचिवालय बैठक आयोजना गरेको थियो।

विद्यान संशोधन प्रस्ताव माथिको छलफल तथा सचिवालयको बैठकको क्रममा एमालेका बहुसंख्यक नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति पद नेपालको सन्दर्भमा गणतन्त्रको प्रतीक भएकाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनितिमा फर्कन नहुने सुझाव पेश गरेका थिए।

दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले केन्द्रीय कमिटीले पठाएको ‘अपानि–१२’लाई उपयुक्त ठहर गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने सुझाव दिने निर्णय जिल्ला कमिटी खोटाङले गरेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध व्यापक आक्रमण र घेराबन्दी गर्ने प्रयत्न गरिएकाले उक्त आक्रमणलाई निस्तेज गर्न नेतृत्वको रक्षा गर्नु नेता तथा कार्यकर्ताको दायित्व भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad