राजनीति


लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि आदिवासी जनजातिको भूमिका महत्त्वपूर्णः देउवा

लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि आदिवासी जनजातिको भूमिका महत्त्वपूर्णः देउवा

फाइल फोटो


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १७:५५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक  कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गरेको देउवाको भनाई थियो।

उनले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरुले काम गरेको बताए। आदिवासी, जनजातिकै त्याग र बलिदानका आधारमा नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको देउवाले बताए।

सभापति देउवाले भने, ‘आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गर्नुभएको छ। प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी अघि बढ्नुभयो। धैर्यतामा जीवन नै बलिदान गर्नुभयो। यी सम्पूर्ण प्रजातन्त्र सेनानीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उहाँहरुको त्याग, तपस्या र बलिदानकै आधारमा आज नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको छ।’

सभापति देउवाले आदिवासी, जनजाति लगायत नेताहरूलै देखाएको लोकतान्त्रिक समावेशी मार्गमा कांग्रेस अग्रसर रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad