राजनीति


संघीयतामा हामी गइसक्यौँ, तर संघ नै संघीयतामा आउन सकेको छैन : थापा

संघीयतामा हामी गइसक्यौँ, तर संघ नै संघीयतामा आउन सकेको छैन : थापा

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १२:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको टिप्पणी गरेका छन्।

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको बताए।

‘संघीयताको सबैभन्दा ठूलो समस्या भनेको प्रदेश होइन, संघ हो,’ थापाले भने, ‘संघीयतामा हामी गइसक्यौँ तर संघ नै संघीयतामा आउन सकेको छैन। सेन्टर नै संघीयतामा गएको छैन।’

कांग्रेस र नेकपा एमालेले सरकार बनाउँदै गर्दा संविधान संशोधन गर्नेकुरा पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै थापाले अब संख्या वा अन्य कुनै बहानामा पनि पछि हट्न नहुनेमा जोड दिए। 

‘संविधान संशोधनमा यो त्यो, संख्या भन्नै पाइँदैन, जोखिम छ, जोखिम उठाउनुपर्छ,’ थापाले भने, ‘मुख्य शक्तिले जोखिम उठाउनुपर्छ। कांग्रेस र एमालेको अहिलेको सरकारले बनाउने बेलामा दुई वटा पार्टीले म संविधानको संशोधनको आवश्यकता महशुस गरेका छौँ, हामी गर्छौं भनेर आइसकेपछि यो बहस अघि बढाउनैपर्छ। कसरी बहस अघि बढाउने भन्नेमा छलफल गर्न सकिएला तर बहस अघि बढाउनैपर्छ।’

‘उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एउटै बनाऔँ। आयोगहरु राष्ट्रिय मानव अधिकार अयोग अन्तर्गत नै लगेर राखौँ। जिल्ला समन्वय समिति खारेज गर्न आवाज उठेको छ,’ उनले थपे।

महामन्त्री थापाले संसद् समावेशी बनाउने र ५ वर्ष एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्नेगरी छलफल अघि बढाउन जरुरी रहेकोमा जाड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad