राजनीति


नेपालका राजनीतिक दल चुनवादेखि चुनावसम्म मात्रै केन्द्रित भए : कार्की

नेपालका राजनीतिक दल चुनवादेखि चुनावसम्म मात्रै केन्द्रित भए : कार्की

नेपालखबर
साउन ३१, २०८२ शनिबार १४:४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरु निर्वाचन केन्द्रितमात्रै भएको बताएका छन्।

राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताउँदै उनले अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरु अघि बढिरहेको टिप्पणी गरे।

हरेक १५-२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरु हुने गरेको स्मरण गर्दै कार्कीले जनताको असन्तोष, चाहना, आकांक्षाहरु त्यसैतर्फ परिलक्षित भइरहेको बबताए। 

‘मुख्य कुरा सबै पार्टीहरु चुनावदेखि चुनावसम्म केन्द्रित भए, यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भनेको जस्तो स्थितिमा छ,’ उनले भने, ‘अहिले नेपालको राजनीतिको जो चक्र छ। त्यसमा राजनीतिक पार्टीहरुले ०८४ पनि हेरिरहेका छन्। जनताको पनि एउटा चक्र छ। परिवर्तनको एउटा चक्र छ। हरेक १०-१५-२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरु हुने गरेका छन्। जनताको असन्तोष, चाहना, आकांक्षाहरु परिलक्षित हुने गरेका छन्।’

०८४ मा अहिले नेपालको राजनीतिमा सक्रिय पार्टीहरुको औचित्यमाथि ठूलो प्रश्न खडा हुने कार्कीको विश्लेषण छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad