राजनीति


विदेशमा अलपत्र नागरिकको उद्धार गर्न सर्वोच्चको आदेश

विदेशमा अलपत्र नागरिकको उद्धार गर्न सर्वोच्चको आदेश

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १२:४,

कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा खान बस्न समस्या भएका र रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्धार गरी ल्याउन आदेश दिएको हो।

अधिवक्ता सोमप्रसाद लुईंटेलसहित तीन अधिवक्ताले बुधबार दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले नागरिकको गुहारलाई राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने उल्लेख गरेको छ।

सुक्ष्म तथा संवेदनशील तरिकाले विना भेदभाव विना स्वेच्छाचार, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने र उद्दारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चले कूटनीतिक माध्यमबाट नागरिकको अवस्था तत्काल बुझ्न र सोको प्रतिवेदन तयार गर्न समेत भनेको छ।

हाल भारतसहित विभिन्न देशमा ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .