राजनीति


सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति कांग्रेसको स्पष्ट विमति छ : महामन्त्री शर्मा

सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति कांग्रेसको स्पष्ट विमति छ : महामन्त्री शर्मा

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८२ बिहिबार १२:४७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानुनी प्रावधानको आफ्नो पार्टीले विरोध गर्ने उल्लेख गरे।

‘अहिले हामी सरकारमा छौं, तर सामाजिक सञ्जाल विधेयक जुन आएको छ त्यो जस्ताको त्यस्तै पारित हुने विषयमा हाम्रो प्रष्ट विमति छ,’ शर्माले भने, ‘त्यसमा आएका कतिपय विषयहरु छन्। जसलाई मौजुदा कानुनहरुले हेर्न सक्दछ। व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर आउने कुनै पनि कुरालाई हामीले समर्थन गरेर जाने भन्ने कुरा हुँदैन।’

उनले इन्टेलिजेन्ससम्बन्धी प्रस्तावित विधेयकप्रति पनि चिन्ता व्यक्त उनले दुई व्यक्तिबीचको टेलिफोन वार्ता समेत सुन्नसक्ने खालको कानुन आउन लागेको भन्दै त्यसको सम्भावित दुरुपयोगप्रति गम्भीर प्रश्न उठाए। 

‘अहिले अर्को इन्टेलिजेन्ससम्बन्धी विधेयक प्रस्ताव गर्ने कुरा आएको छ,’ शर्माले भने, ‘राष्ट्रियता र राष्ट्रको सम्प्रभुतालाई असर पर्ने कुरा हुँदै गर्दा सरकार दुई जनाबीचको टेलिफोनको कुराकानीसम्म पुग्नसक्ने उल्लेख छ। तर प्रश्न भोलिको दिनमा त्यसको दुरुपयोगसम्बन्धीको हो।’

उनले सूचना र प्रविधिको बढ्दो दुरुपयोग रोक्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad