राजनीति


मलाई धेरै कुरा भन्दा पनि मल चाहियो: प्रधानमन्त्री (भिडिओ)

मलाई धेरै कुरा भन्दा पनि मल चाहियो: प्रधानमन्त्री (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८२ बुधबार ९:३८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही बन्नुपर्ने निकाय जवाफदेही हुन नसक्दा खेतीको सिजनमा किसानले मल नपाएको बताएका छन्। 

मंगलबार सिंहदरबारमा सरोकारवाला पक्षसँग भएको छलफलको एउटा भिडिओ क्लिप्स आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले सम्बन्धित निकायले काम नगर्दा मल अभाव भएको र त्यसबाट सरकारको आलोचना भइरहेको गुनासाे गरेका हुन्। 

‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैँ जवाफदेही हुनुपर्छ। नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन।’

‘किसानले किन ‘मल पाएनौँ’ भनिरहेका छन्?’  यो गुनासो तत्काल सम्बोधन गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भैरहोस्। समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो।’

प्रधानमन्त्री ओलीले  हिजो तीन दिनभित्र रासयनिक मलको प्रभावकारी वितरणको ठोस प्रस्ता वसहित उपस्थित हुन कृषि, तथा पशुपंक्षी विकासमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिलाई निर्देशन दिएका थिए। 

त्यसक्रममा उनले मलको अभाव किन भयो? भनेर भोकिँदै प्रश्न गरेको उनैले सार्वजनिक गरेकाे भिडिओमा देख्न सकिन्छ।

‘तपाईँहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन। तर, गाली तपाइँहरूको संस्थाले खाएको छैन। तपाइँहरूको संस्था चुप लागेर बसेको छ। गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन्। मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ ओलीले भनेका छन्, ‘म प्रधानमन्त्री हुने वित्तिकै आइन्दा के-के व्यवस्था गर्नुपर्छ गरौँ, तर मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ।तर त्याे अनुसार भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad