राजनीति


मल अभावबारे ३ दिनभित्र ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको ३ बुँदे निर्देशन

मल अभावबारे ३ दिनभित्र ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको ३ बुँदे निर्देशन

नेपालखबर
साउन २७, २०८२ मंगलबार १७:३९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ दिनभित्र रासयनिक मलको प्रभावकारी वितरणको ठोस प्रस्तावसहित उपस्थित हुन कृषि, तथा पशुपंक्षी विकासमन्त्रीलाई निर्देशन दिएका छन्।

रासयनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मंगलबार कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गरेका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पनि प्रधानमन्त्रीले रासयनिक मल किन उपलब्ध हुन नसकेको भनेर प्रश्न गरेको बताए।

‘आज सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा कृषि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अहिलेको रासयनिक मलको उपलब्धता, आपूर्तिको विषयलाई लिएर छलफल भएको छ, यथेष्ठ मात्रामा जति रासयनिक मल हुनुपर्ने थियो, त्यो किन हुन सकेन? भनेर प्रधानमन्त्रीले गम्भीरतापूर्वक चासो राख्नुभएको छ,’ उनले भने, ‘यद्यपि अहिले पनि रासयनिक मल उपलब्ध छ। आयात पनि भइरहेको छ। त्यसलाई वितरण जसरी हुनुपर्ने हो त्यसरी हुन सकेन। समग्र विषयलाई ३ दिनभित्र ठोस प्रस्तावसहित आउन कृषि मन्त्रालयलाई निर्देश भएको छ। नेपालमा मल कारखानाका लागि आवश्यक तयारीका लागि उद्योग मन्त्रालयलाई निर्देश भएको छ।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार ३ दिनभित्र सम्पादन गर्ने गरी ३ बुँदे निर्देशन भएको छ।

यस्ता छन् प्रधानमन्त्रीले दिएका ३ निर्देशनः

१.रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनुस्।

२.कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुस्।

३.माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad