राजनीति


माधव कमरेडलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु: झलनाथ

माधव कमरेडलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु:  झलनाथ

नेपालखबर
साउन २५, २०८२ आइतबार २१:३४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रस्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह गरेका छन्। 

उनले यस्ता टिप्पणीहरूलाई कच्चापन र बचपनाको संज्ञा दिँदै असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुराहरू नगर्न नेताहरूलाई आग्रह गरे।

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ।

माधव नेपालले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८१५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै २०६६ चैत ६ मा उक्त जग्गा बेच्न स्वीकृति दिएको आरोप छ। यो निर्णय कानूनविपरीत भएको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ। नेपालको सांसद पद निलम्वन छ। 

उनले भने, ‘उहाँले पार्टी कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो। म अचम्मित छु। माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ। १९ करोडको मुद्दा लागेको छ। तर कसरी माधव कमरेडलाई बचाउने होला, उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने होला। उहाँको प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला? यो कुरामा म जहिले पनि सोचिरहको छु। मैले सचिवालयमा राखेको प्रस्ताव पनि त्यसै दिशामा छ। उहाँलाई अनुकुलता थपियोस् भनेर। ता की उहाँले यो मुद्दाबाट मुक्ति पाउन सक्नुहोस् भनेर। तर अब कतिपय मान्छेहरु यो कहाँ माधव नेपाललाई मात्रै लागेको मुद्दा हो, यो त पार्टीलाई नै लागेको मुद्दा हो, यो त सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु, असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरितका कुराहरु गर्न थालेका छन्। त्यसले माधव नेपाललाई झन् बढी खोकलामा हाल्ने काम गर्दछ।’

सम्मानित नेता खनालले यस्तो किसिमको बच्पना नदेखाउन पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गरे। पार्टी नेताहरूले उक्त मुद्दा माधव नेपाललाई मात्रै लागेको मुद्दा नभइ पार्टीलाई नै लागेको मुद्दा हो भन्ने टिप्पणी गरिरहेको भन्दै यो गलत रहेको बताए।

सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु गर्नु उचित नहुने उनको भनाइ छ। असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरितका कुराहरु नगर्न पनि आग्रह गरे। यसले अध्यक्ष नेपाललाई झन बढी समस्या पार्ने जिकिर गरे। 

उनले थपे, ‘थुप्रै नेता, कार्यकर्तामाथि मुद्दा लागेका छन्। केपी कमरेड, आरके कमरेड, घनेन्द्र कमरेडमाथि मुद्दा लागेको थियो। ति मुद्दाका विरुद्ध एउटा पञ्चायती तानाशाही शासनले मुद्दा लगाएको थियो। ति मुद्दाका विरुद्ध हामीले व्यापक रुपमा लड्यौँ त। राजनीतिक रुपले लड्यौँ, कानुनी रुपले लड्यौँ। यसमा उहाँले धेरै कच्चा काम गर्नुहोला भनेर आशा गर्दिन। परिपक्व काम गर्नुस् भनेर नै मैले एउटा प्रस्ताव नै प्रश्तुत गरेको छु। त्यो प्रस्ताव असाध्यै सोचि विचारीकन यो पार्टी जस्तो रेभिलुसनरी पार्टीले कस्तो स्ट्याण्डर बसाउने भन्ने हो। मैले माक्सवादी प्रस्ताव र नयाँ नजिर बसाउने प्रस्ताव प्रश्तुत गरेको छु। त्यो प्रस्तावलाई यो त माधव कमरेडलाई उखेलेर फ्याँक्ने, सत्ताच्युत गर्ने, बदलाको भावना लिएर आउने भन्ने गरी कसैले हरेको छ भने यो असाध्यै कच्चापन हो। बच्पना पन पनि हुनेछ।’

उनले अध्यक्ष नेपालमाथि १९ करोड बराबरको मुद्दा लागेको र आफू उनलाई कसरी बचाउने होला भनेर सोचिरहेको व्यक्ति भएको पनि बताए। अध्यक्ष नेपालको मुद्दालाई अनुकुल कसरी बनाउने? प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला? भनेर सोचिरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad