राजनीति


सार्क आवश्यक छ: उपेन्द्र यादव

सार्क आवश्यक छ: उपेन्द्र यादव

नेपालखबर
साउन २५, २०८२ आइतबार १६:३९, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन्। 

आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सार्क सक्रिय हुनेमा आशंका गरेका हुन्।  

उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको बताउँदै अहिले कोमामा रहेको टिप्पणी गरे।

‘साउथ एशियामा, सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको हो। टेरेस प्रोटेक्सन फर द ट्यारिजम भनेर कुरा उठेकै कुरा हो। सार्क त अब मरिसक्यो भनि नहालौँ, तर कोमामा गइसकेको छ,' उनले भने, 'फर्किने हो कि होइन ठेगान छैन लामो समयदेखि। तर यसको आवश्यकता छ। यो रिजनल कोअप्रेसन एन्ड कोर्डिनेसन हो।'
 

अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad