राजनीति


वामपन्थी पार्टीहरूको एकताबारे खनाल र श्रेष्ठबीच डेढ घण्टा छलफल

वामपन्थी पार्टीहरूको एकताबारे खनाल र श्रेष्ठबीच डेढ घण्टा छलफल

नेपालखबर
साउन २५, २०८२ आइतबार १६:२०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता सम्पन्न

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच डल्लुस्थित झलनाथ निवासमा भेटवार्ता सम्पन्न भएको छ। 

झन्डै डेढ घण्टा चलेको भेटघाटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन तथा आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विभिन्न रूपहरूबारे व्यापक छलफल भएको बताइएको छ।

साथै नेपालको वर्तमान राष्ट्रिय अवस्था, कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू, देशभक्त राजनीतिक शक्ति र अन्य राजनीतिक पक्षहरूबारे छलफल गरिएको थियो।

श्रेष्ठले आफ्नो पार्टी स्थायी समितिको हालैको एकता प्रस्तावबारे जानकारी गराउँदै सहकार्यको अपिल गरेका थिए। झलनाथ खनालले पनि कम्युनिस्ट र वामपन्थी पार्टीहरूको एकता र सहकार्यमा आफू पनि सकारात्मक रहेको स्पष्ट पारेका छन्।

भेटवार्तामा नेपालमा भैरहेको ऐतिहासिक राजनीतिक परिवर्तनको संरक्षण गर्दै समृद्ध नेपाल निर्माण र वैज्ञानिक समाजवादको स्थापना दिशातर्फ अघि बढ्न कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता माथि विशेष जोड दिइएको छ। 

यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad