राजनीति


नारायणकाजी र विप्लवबीच एक घण्टा छलफल

नारायणकाजी र विप्लवबीच एक घण्टा छलफल

नेपालखबर
साउन २१, २०८२ बुधबार १५:४७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ।

श्रेष्ठको हात्तीवनस्थित निवासमा बुधबार उनीहरुबीच करिब एक घण्टा छलफल भएको हो।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विमर्श भएको श्रेष्ठले नेपालखबरलाई  बताए।

विप्लवले पछिल्लो समय विभिन्न दलहरुका नेतासँगको भेटघाट तिब्र पारेका छन्।

पार्टी एकताबारे छलफल
दुई नेताबीच पार्टी एकताबारे पनि छलफल भएको थियो। श्रेष्ठले विप्लवलाई पार्टी एकताबारे माओवादी केन्द्रले गरेको निर्णय के हो भन्नेबारे विप्लवलाई ब्रिफिङ गरेका थिए। 

‘पार्टी एकताका निम्ति ठोस वार्ता गर्ने भन्ने हो, दुवै पक्षबीचमा सहमति भएर पार्टी एकता गर्ने भन्ने निर्णय भएको होइन,’ श्रेष्ठले उनलाई भनेका थिए, ‘पार्टी एकताको सन्दर्भमा छलफल भइरहेको सन्दर्भमा थप व्यवस्थित प्रक्रिया अगाडि बढाउनका निम्ति हाम्रो पार्टीका तर्फबाट कमिटी बनाएर छलफल गर्ने भन्ने प्रस्ताव पारित भएको हो।’

आफूले यसबारे प्रष्ट पारेपछि विप्लवले यसबारे पार्टीको बैठकमा छलफल गर्ने जवाफ दिएका थिए। ‘त्यो कुरा मैले प्रष्ट पारेँ,’ श्रेष्ठले भने, ‘उहाँले हाम्रो पार्टीको बैठकमा कुरा राख्छौँ। अघिल्लो बैठकले तत्काल स्थगित गर्ने भनेको हो। तपाईंको नयाँ प्रस्ताव के हो भन्ने कुरा अहिले तपाईंले भन्नुभयो। हामीले पार्टीमा छलफल गरौँला भन्नुभयो।’

नेकपाले यसबारे भदौ २२ गते बोलाइएको केन्द्रीय समिति बैठकमा छलफल हुने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad