राजनीति


रास्वपाले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेन्डा

रास्वपाले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेन्डा

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार ११:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। 

मंगलबार दिउँसो तीनबजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेगरि बैठक आह्वान भएको प्रवक्ता मनिष झाले जानकारी दिए। 

बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउनेसहितका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ।

त्यसैगरि समसामयिक राजनैतिक एवं पार्टी गतिविधि, रुपन्देहीमा हुन लागेको उपनिर्वाचनको तयारी, सुदुरपश्चिम प्रदेशमा देखिएको पार्टीभित्रको समस्या, भिजिट भिसा प्रकरण छानविन समितिको म्याद थप, केन्द्रीय समिति बैठक, विभाग प्रमुखहरुको नियुक्ति, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था लगायतका विषय पनि छलफलका एजेन्डाकाे रुपमा तय भएकाे रास्वपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad