नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले नेत्रविक्रम चन्द 'विप्लव' र पार्टी उपमहासचिव जनार्दन शर्मा अतिवादी प्रवृत्तिको भएको भन्दै टिप्पणी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा पुनले अतिवादी प्रवृत्तिले पार्टीलाई समस्यामा पारेको बताएका हुन्।
पासाङले पार्टीभित्रको समस्याको मूल कारण अतिवादी प्रवृत्ति भएको बताए। 'हिजो विप्लव थिए,' उनले जनार्दनलाई लक्षित गर्दै भने, 'आज फेरि त्यही प्रवृत्ति देखिँदैछ।'
पुनले माओवादी युद्धको बेलाको जस्तो जनार्दन अहिले नभएको भन्दै आलोचना गरे।
'जनयुद्धको बेला देखिएको प्राभाकर अहिले देखिँदैन,' उनले भने, 'जनयुद्धको बेला प्राभाकर पार्टीविरुद्ध जाने प्रवृत्तिको विरोधमा अग्रपङ्तिमा उभिनुहुन्थ्यो। तर अहिले उहाँबाट त्यस्तो प्रतिरोधी भूमिका देखिएको छैन।'
पुनले जनार्दन अतिवादी प्रवृत्तिमा रहेको र आफूले उक्त प्रवृत्ति खारेज गर्ने पनि बताए।
'अध्यक्षको भनाइ खारेज गर्ने प्रवृत्ति आपत्तिजनक छ। तपाईंले अध्यक्षको भनाइलाई खारेज गर्नुभयो,' उनले थपे, 'म तपाईँको यही प्रवृत्तिलाई खारेज गर्छु।'
Shares

प्रतिक्रिया