राजनीति


बागमतीबारे कांग्रेसले एमालेलाई भन्यो- हाम्रो आन्तरिक मामिला, अहिलेसम्मको सहयोगका लागि धन्यवाद

बागमतीबारे कांग्रेसले एमालेलाई भन्यो- हाम्रो आन्तरिक मामिला, अहिलेसम्मको सहयोगका लागि धन्यवाद

नेपालखबर
साउन १५, २०८२ बिहिबार १६:७, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले बागमती प्रदेश सरकार सञ्चालनमा अहिलेसम्म गरेको सहयोगका लागि साझेदार दल नेकपा एमालेलाई धन्यवाद दिएको छ। 

बागमतीमा देखिएको पछिल्लो राजनीतिक विवादबारे छलफल गर्न बालुटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको बैठकमा कांग्रेसले  त्यो आफूहरूको आन्तरिक मामिला भएको बताएको थियो। 

बैठकमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले भने, ‘यो हाम्रो आन्तरिक विषय हो। हामी आफैं सल्टाउँछौँ। एमालेबाट प्राप्त सहयोगका लागि धन्यवाद भन्यौँ।’

कांग्रेस बागमतीका संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेसकै अर्का नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको समूहले विश्वास प्रस्ताव दर्ता गरेको थियो। 

उक्त प्रस्तावमाथि बुधबार मतदान हुँदा बानियाँ दलको नेताबाट मुक्त भएका थिए। त्यस्तै दलको नयाँ नेताका लागि भएको चुनावमा पनि लामा पराजित भएका थिए भने बानियाँ निर्वाचति भएका थिए। 

दलको नेता परिवर्तन भएसँग बागमतीमा सरकारको भविष्य के हुन्छ भन्नेबारे अन्योल छाएको छ। सत्ता साझेदार नेकपा एमालेले भने यो अन्योल धेरै राख्न नहुने धारणा राख्दै आएको छ। 

यसबारे नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितको टोलीले प्रदेशमा विकसित पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुधबा राति भेट गर्दै जानकारी गराएका थिए। 

एमाले बागमती प्रदेश कमिटी इञ्चार्ज राजन भट्टराई नेतृत्वमा गएको टोलीलेलाई यसबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर टुंग्याउने बताएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad