नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराष्ट्रपतिले राजनीति गर्न नहुने बताएका छन्।
आइतबार होटेल यल्लो प्यागोडामा केही पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपतिलाई राष्ट्रप्रमुखको सम्मान दिएकाले पनि राजनीतिमा आउन नमिल्ने तर्क गरे।
‘हाम्रो अहिलेको राष्ट्रपति सेरेमोनियल हो, हाम्रो पार्टीमा छलफल भयो, राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु हुँदैन,’ सिटौलाले भने, ‘राष्ट्रपति राष्ट्र प्रमुख हो।’
तर, पूर्वराजालाई चाहिँ किन राजनीतिमा आउन आह्वान गरिरहेको भन्ने पत्रकारको प्रश्नमा सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रप्रमुखको सम्मान नदिएकाले राजनीतिमा आउन सक्ने तर्क गरे।
594
Shares

प्रतिक्रिया