राजनीति


नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदभार ग्रहण (तस्बिरहरू)

नवनियुक्त मन्त्री न्यौपानेद्वारा पदभार ग्रहण (तस्बिरहरू)

सरोज नेपाल
असार ३२, २०८२ बुधबार २०:५, काठमाडौँ

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छन्।

बुधबार साँझ संघीय मामिला तथा सामान्य प्रशासनस्थित कार्यकक्षमा उनले पदभार ग्रहण गरेकी हुन्।

मन्त्री न्यौपानेलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए।

त्यसअघि बुधबार साँझ नै उनलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका थिए।

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिनु परेको थियो। उनको ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई नियुक्त गर्न सिफारिस गरेका थिए।

राष्ट्रियसभा सदस्य रहेकी उनी राष्ट्रियसभामा नेकपा एमालेकी प्रमुख सचेतक समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad