प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयक-२०८२ मा भएको हेरफेरको छानबिनको माग गरेका छन्। सभामुख देवराज घिमिरेसँग भेटमा उनले यसबारे छानबिन गर्न भनेका हुन्।
'हामीले निर्णय गर्दा कुलिङ पिरियडको विषय स्पष्ट उल्लेख गरेका थियौँ- अवकाश भएको मितिले २ वर्ष नभई कुनै पनि राष्ट्र सेवक कर्मचारीले अर्को नियुक्ति नपाउने भनेर लेखेकै थियौँ,' उनले भने, 'त्यसैको मुनि दफा थपिएर गएको थाहा पायौँ। कसको गल्तिले यो बाहेक भन्ने कुरा गयो लेखियो छानबिनको माग गरेका छौँ। यो संसद्माथिको प्रहार हो। कानुन बनाउँदा यस्तो गल्ति हुनै हुँदैन।'
उनले आफूमाथि पनि छानबिन गर्न भनेका छन्।
उनले थपे, 'म आफैँमाथि पनि छानबिन हुनुपर्छ। मेरो दोष देखिए कारबाहीको दायरामा आउन चाहन्छु सभामुखलाई आग्रह गरेका छौँ। छानबिन नभए बैठक बस्दैन भन्ने जानकारी गरियो।'
Shares

प्रतिक्रिया