राजनीति


प्रस्तावित न्यायाधीश पौडेल भन्छन्: अनावश्यक पेसी स्थगितलाई निरुत्साहित गर्छु

प्रस्तावित न्यायाधीश पौडेल भन्छन्: अनावश्यक पेसी स्थगितलाई निरुत्साहित गर्छु

नेपालखबर
असार १५, २०८२ आइतबार १२:४६, काठमाडौँ

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्य आफ्नो अधिकतम प्रयास रहने बताएका छन्। आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा पौडेलले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनमा जोड दिने बताएका हुन्।

'फरक मुद्दा व्यवस्थापन कार्य छ। फरक मुद्दा व्यवस्थापन भनेको न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रूपमा उच्च अदालत तथा जिल्ला अदालतमा लागू गरिएको फरक मुद्दा व्यवस्थापन पद्धतिमा आवश्यक परिमार्जन गर्ने, यसलाई थप पूर्वाधार चाहिन्छ, यो आईटिबेस छ,' उनले भने, 'आवश्यक पूर्वाधार छैन। सफ्टवेयर नभएका कुराहरू छन्। तर, यसलाई सर्वोच्च अदालतमा पनि लागू गर्न जरुरी छ।' 

उनले इजलासको बहसको समय व्यवस्थापन पनि आफ्नो प्राथमिकतामा पर्ने बताए। 

'यसलाई विस्तार गर्न सके न्यायपालिकाप्रति जुन अनास्था छ, जुन मुद्दा ढिलो भयो भन्ने, पूर्वानुमानयोग्य बनाउन यसले धेरै काम गर्दछ। त्यसका लागि म प्रयत्नशील रहनेछु। इजलासको बहसको समय व्यवस्थापन मेरो प्राथमिकतामा रहनेछ,' उनले भने, 'मुद्दाको परिस्थितिअनुसार मुद्दामा बहसको समय व्यवस्थापन गर्न, अनावश्यक पेसी स्थगितलाई निरुत्साहित गर्न, इजलासले सयम व्यवस्थापन गर्न, जटिल मुद्दामा बहसको माग गर्न बार एसोसिएसनलगायतका नियकासँग नियमित छलफल गर्न समय व्यवस्थापन गर्न म पहल गर्नेछु।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad