ad ad

कारोबार


अक्सफाम भन्छः कोरोनाले आधा अर्ब मानिसलाई गरिबीमा पुर्‍याउन सक्छ

अक्सफाम भन्छः कोरोनाले आधा अर्ब मानिसलाई गरिबीमा पुर्‍याउन सक्छ

नेपालखबर
चैत २७, २०७६ बिहिबार १६:७,

कोरोना भाइरस महामारीका कारण ५० करोडभन्दा बढी मानिस गरिबीमा हुत्तिन सक्ने अक्सफामले जनाएको छ।

गरिबी अन्त्य र असमानता काम गर्न क्रियाशील अक्सफाम १९ च्यारिटी संस्थाहरुको महासंघ हो।

महामारीका कारण अर्थतन्त्रहरु ठप्प भएकाले गरिबीविरुद्धको लडाइँ विश्वव्यापी रुपमा एक दशकले र गरिब मुलुकको हकमा ३० वर्षले पछि पर्न सक्ने चेतावनी सो संस्थाले दिएको छ।

जी२०, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको बैठकअघि अक्सफामले प्रकाशित गरेको रिपोर्टमा महामारी सकिँदासम्म झण्डै ५५ करोड मानिस गरिबीमा धकेलिन सक्ने उल्लेख छ।

दैनिक ५.५ डलरभन्दा कम आय भएका मानिसलाई विश्व बैंकले गरिबको परिभाषाभित्र राखेको छ।

यो परिभाषाअनुसार हाल विश्वको झण्डै आधा जनसंख्या गरिबीमा बाँच्छ।

अक्सफामले गरिब मुलुकमा रोजगार गुमाएका तथा साना व्यवसायको उद्दारका लागि आपतकाली प्याकेज घोषणा गर्न पनि आह्वान गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .