राजनीति


खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव पारित

खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव पारित

नेपालखबर
असार १२, २०८२ बिहिबार १६:५६, काठमाडौँ

खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। 

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसद जगप्रसाद शर्माले उक्त संकल्प प्रस्ताव प्रस्तुत गरेका थिए। संकल्प प्रस्तावमाथिको छलफलपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे।

दाहालले संकल्प प्रस्तावमा उल्लेख भएका विषयहरू कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिँदै अनुगमन गर्न समेत आग्रह गरे।

संकल्प प्रस्ताव प्रस्तुत गर्दै शर्माले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दुषित पानी पिउनुपर्ने बाध्यता रहेको बताएका थिए।

उनले खानेपानी सबै प्राणीहरूको निम्ति महत्वपूर्ण रहेको बताउँदै दुषित पानीले झाडापखालादेखि विभिन्न रोगहरू ल्याउने र अनाहकमा नागरिकको ज्यान जाने खतरा बढिरहेको समेत जिकिर गरे।

सांसद शर्माले संकल्प प्रस्तावको मुख्य पाठ नेपालमा ब्लिचिङ पाउडर निर्माण गर्ने रहेको र थोरै लगानीमा पनि कम्पनी निर्माण गर्न सकिने विज्ञहरूले बताएको बताएका थिए।

संकल्प प्रस्तावलाई सांसदहरू कृष्णबहादुर रोकाय, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, मदनकुमारी साह गरिमा र मोहम्मद खालिदले समर्थन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad