राजनीति


भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्षः दुई पुराना जोगीमाथि एक नयाँ जोगी थपिए

भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्षः दुई पुराना जोगीमाथि एक नयाँ जोगी थपिए

नेपालखबर
असार १०, २०८२ मंगलबार २१:४८, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भिजिट भिसा प्रकरणको छानबिन गर्न गठित समितिप्रति असहमति जनाएका छन्।
शंकरदास बैरागीको नेतृत्वमा गठित समितिलाई भट्टराई ‘हास्यास्पद समिति’ भनेका छन्।

‘चर्चित भिजिट भिसा प्रकरणमा एक जना पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको हास्यस्पद छानबिन समितिले सत्ताधारी र प्रमुख प्रतिपक्षी दल/नेताहरूको राज्यदोहनकारी र  छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको छ’ डा. भट्टराईले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनयुद्ध शुरू गर्नु पहिले हामी तत्कालीन राजतन्त्र सहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ भनेर भण्डाफोर गर्थ्यौं र जनताको वास्तविक सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको पैरवी गर्दथ्यौँ।’

उनले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) सँगै भिजिट भिसा प्रकरणमा मौनता साँधेको विपक्षी दल नेकपा (माओवादी) केन्द्रलाई समेत ‘नयाँ जोगी’ भनेर कटाक्ष गरेका छन्।

‘आज जनताको त्यत्रो बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई ‘पुराना जोगी’माथि एक ‘नयाँ जोगी’ थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्धि (कमन सेन्स) माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन सक्दैन।’ उनले लेखेका छन्।

भट्टराईले अब भिजिट भिजा प्रकरण मात्र हैन ‘यी तीन ठुला टाउका’ संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष  संयन्त्र मार्फत छानबिन गर्न र दोषीहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad