राजनीति


रवि, बालेन, सीके र रेशमसँग मिलेर नेसपा नयाँशक्तिले अभियान चलाउने

रवि, बालेन, सीके र रेशमसँग मिलेर नेसपा नयाँशक्तिले  अभियान चलाउने

नेपालखबर
असार ५, २०८२ बिहिबार १७:५१, काठमाडौँ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले रवि लामिछाने, सीके राउत, रेशम चौधरी नेतृत्वको नयाँ र वैकल्पिक पार्टीसँग मिलेर अभियान चलाउन पहलकदमी लिने निर्णय गरेको छ। 

नेसपा (नयाँशक्ति)को बिहीबार बसेको राजनीतिक संवाद समितिको बैठकले उनीहरुसँग मिलेर सुशासन र समसामयिक राजनीतिक विषयमा अभियान चलाउनेगरी पहल लिने भएको उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिइन्। 

‘अहिले समसामयिक राजनीतिक र जुन सुशासन, भ्रष्टचारको कुरा आइरहेको छ, त्यो अलि पेचिलो बन्दै गएको भएर नयाँ बैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक पार्टी र समूहहरुबीचमा अलिकति पहलकदमी लिने भन्ने निर्णय भएको छ,’ भट्टराईले नेपालखबरसँग भनिन्।

नयाँशक्तिले रास्वपा, जनमत, नागरिक उन्मुक्ति र विवेकशील पार्टीलाई आफ्नो पार्टीको औपचारिक कार्यक्रममै बोलाउने गरेको छ। ‘हामीले पोहोरदेखि नै नयाँ र बैकल्पिक पार्टीहरुलाई हाम्रो पार्टीको कार्यक्रममा आमन्त्रित गरिरहेका छौँ,’ भट्टराइले भनिन्, ‘त्यसमा विशेषगरी रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, विवेकशील पार्टी लगायत छन्।’

त्यस्तै व्यक्ति र समूह अन्तर्गत काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पनि अभियानमा समेट्ने प्रयास गरिने उनको भनाइ छ। ‘बालेनजीहरुसँग पनि हो,’ भट्टराईले भनिन्, ‘उहाँहरु पनि नयाँ हो, त्यसैले हामीले पार्टी, समूह र व्यक्ति भनेका छौँ।’

यी दलहरुसँग मिलेर चलाइने अभियान मुद्दाकेन्द्रित हुने नयाँ शक्तिको भनाइ छ। भट्टराईले भनिन्, ‘अब चाहिँ मुद्दाकेन्द्रित संयुक्त अभियान नै संञ्चालन गर्नेगरी पहल कदम लिने निर्णय गरेका छौँ।’

अनि, अभियान हुँदै चुनावसम्म पनि सँगै जाने योजना पनि हो भन्ने नेपालखबरको प्रश्नमा उनले भनिन्, ‘चुनावसम्म हामी हेर्दै जाउँला, अहिले यो मुद्दाकेन्द्रित हौँ भनेका छौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad