नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अन्तर्गत जारी मतदानको समय थप गरिएको छ।
मतदान बिहीबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तय गरिएकोमा उक्त समय साँझ ७ बजेसम्मका लागि थप गरिएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जनाएका छन्।
अनेरास्वियुमा ३२ वर्षे उमेर हद लागू भएपछि पहिलोपटक निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो।
गएको आइतबारदेखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्रांगणमा अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन जारी छ। सहमतीबाट नेतृत्व चयन हुन नसकेपछि अनेरास्ववियुले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो।
४३ वटा इलेक्ट्रिक भोटिङ मेसिन मार्फत मतदान जारी छ।
अनेरास्ववियुको अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्।
गएको आइतबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका थिए।
Shares

प्रतिक्रिया