राजनीति


५ महिनापछि बालेन र सुनीताको औपचारिक छलफल

५ महिनापछि बालेन र सुनीताको औपचारिक छलफल

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १२:३८, काठमाडौँ

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनीता डंगोलले कार्यपालिका र नगरसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरेका छन्। उनीहरूबीच औपचारिक रुपमा ५ महिनापछि बैठक र छलफल भएको हो। 

'मेयर, उपमेयर र केही वडा अध्यक्षहरूबीच बुधबार महानगरको कार्यपालिका बैठक बोलाउने र बजेटमा के कसरी गर्ने भन्नेबारे छलफल भयो,' महानगर स्रोतले भन्यो,'मेयर र उपमेयर गत पुसपछि पहिलोपटक औपचारिक रुपमा यसरी छलफल भएको हो।' कार्यपालिकाको बैठक पुस १४ गते बसेको थियो। 

मेयर र उपमेयरसँगैको छलफलमा नेकपा एकीकृत समाजवादीका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रवक्तासमेत रहेका वडा नम्बर १७ का कांग्रेसका अध्यक्ष नवीन मानन्धर र वडा नम्बर ३२ का अध्यक्ष एमालेका नवराज पराजुली पनि सहभागी थिए।  

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न दिने र नदिने विषयमा मेयर र उपमेयरबीच विवाद भएको थियो। पछि बहुमत वडा अध्यक्ष र कर्मचारीको बलमा उपमेयर डंगोलले उनलाई महानगरमा हाजिर गर्ने वातावरण बनाएकी थिइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad