राजनीति


सप्तकोसीमा गोताखोर बेपत्ता घटनाबारे बुझ्न गृहमन्त्री सशस्त्र प्रहरीको मुख्यालयमा

सप्तकोसीमा गोताखोर बेपत्ता घटनाबारे बुझ्न गृहमन्त्री सशस्त्र प्रहरीको मुख्यालयमा

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १२:२९, काठमाडौँ

सप्तरीस्थित सप्तकोसी नदीमा दुईजना सशस्त्र प्रहरीका गोताखोर बेपत्ता भएको घटनाबारे बुझन् गृहमन्त्री रमेश लेखक शुक्रबार सशस्त्र प्रहरी बलकाे मुख्यालय हलचोक गएका छन्।

उनलाई सशस्त्र प्रहरी वलका निमित प्रमुख अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटनाबारे जानकारी गराएका छन्।  

त्यसक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुबेदिले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा  गोताखोरको संख्या, अन्य बिपद् उद्दारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे गृहमन्त्रीलाई बिस्तृत जानकारी गराएका छन्।

त्यसक्रममा सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक  नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटना बारे जानकारी गराएका छन्। 

गृहमन्त्रीसँगै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा, निमित्त गृह सचिव जयनारायण आचार्य, सह सचिव रामचन्द्र तिवारी पनि हल्चोक पुगेका थिए।

बिहीबार सप्तकोसीमा बेपत्ता २ गोताखोरमध्ये एकजनाको शव फेला परेको छ। 

शुक्रबार बिहान खोजीको क्रममा घटनास्थलबाट झण्डै तीन किलोमिटर दक्षिणतर्फ सशस्त्रका जवान हरदेब राजबंशीको शव फेला परेको सशस्त्र प्रहरी वलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad