राजनीति


माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा

माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १६:२१, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।

पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री ‍नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो।  

यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। र, १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद पनि स्वत:निलम्बनमा परेको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ। उनी रौटहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad