राजनीति


३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु, २ घाइते

३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु, २ घाइते

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १३:३८, काठमाडौँ

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा अन्य दुई घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान साढे ३ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए।

अवस्थीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन्। पछाडि सवार घोडाघोडी–२ बस्ने २२ वर्षीय अर्जुन चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। 

मोटरसाइकल चालक घोडाघोडी–३ का २१ वर्षीय शङ्कर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी अवस्थीले बताए। चौधरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad