राजनीति


ऊर्जामन्त्री खड्का भन्छन्– राति १२ बजे विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिन्छन्

ऊर्जामन्त्री खड्का भन्छन्– राति १२ बजे विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिन्छन्

नेपालखबर
जेठ ७, २०८२ बुधबार १२:२८, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन्। 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताए।

‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन्,’ खड्काले भने, ‘अनि हामी कहाँ बत्ती गयो भन्छन्। यसरी भ्रम फैल्याउने काम भएको छ। पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने। त्यहाँ बुझ्दा सबैतिर छ। यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ।’

खड्काले कम उत्पादन भएको समयमा पनि आयात गरेर आवश्यक बिजुली उपलब्ध गराएको उल्लेख गरे। ‘यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन आग्रह गर्दछु,’ उनले भने, ‘अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ। उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad