राजनीति


केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

नेपालखबर
जेठ ५, २०८२ सोमबार १८:५, काठमाडौँ

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

यसअघि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले प्रचलित केही नेपाल ऐन कार्यान्वयन सन्दर्भमा देखिएका कठिनाइ तथा समस्यालाई सम्बोधन गर्न र कतिपय कानुनको प्राविधिक कमजोरीलाई सच्याएर प्रभावकारी बनाउन विधेयक ल्याइएको सदनलाई जानकारी दिए। 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरू गोपीबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, गङ्गाकुमारी बेल्वासे, भुवनबहादुर सुनार, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्णप्रसाद अधिकारीले सुझावसहित आ–आफ्नो धारणा राखेका थिए। 

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते बुधबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad