राजनीति


वन र भूमि सिध्याउन विधेयक ल्याइयो, सडक र सदनबाट विरोध गर्छौँ: उपेन्द्र यादव

वन र भूमि सिध्याउन विधेयक ल्याइयो, सडक र सदनबाट विरोध गर्छौँ: उपेन्द्र यादव

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १४:९, काठमाडौँ

सरकारले अध्यादेश पारित नहुने अवस्था भएपछि थाती राखेर अहिले भूमि अध्यादेश सदनमा पेस गरेको छ। यसअघि यसमा असन्तुष्ट दलहरूको गुनासो सम्बोधन गरेर मात्रै विधेयक पेस गर्ने सहमति भएको थियो। तर, सरकारले यसअघिका प्रावधानलाई हेरफेर नगरी विधेयकको रुपमा मात्रै पेस गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन्।  

यसअघि अध्यादेश यादव नेतृत्वको जसपाले समर्थन नगर्दा सदनमा निर्णयार्थ पेस नभई फिर्ता भएको थियो। 

'भूमिसम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,' उनले भने, 'अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमिसम्बन्धी विधेयक ल्याएको छ। सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad