राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंक-व्यवसायी छुट्याउने पक्षमा रहेको उल्लेख गरे।
‘बैंक-व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ,’ वाग्लेले भने, ‘तर मेरो भनाइ छुट्याउनै पर्छ भन्ने नै छ। किनकी स्वार्थ बाझिन्छ। अहिले बिचौलिया राज जुन भइरहेको छ, पार्टीहरु कब्जामा छन्। आर्थिक संस्थाहरु कब्जामा छन्। यो एकाधिकार बढ्दै जाँदा उनीहरु हावी हुने अवस्था आएको छ, यसलाई हामीले तोड्नैपर्ने हुन्छ।’
उनले भावनामा बगेर भन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंक-ब्यवसायी छुट्याउनेबारे निर्णय लिन रहेको बताए।
Shares

प्रतिक्रिया