परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन्।
शनिबार काठमाडौँमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन्।
उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन्। राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन्।
परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस्। यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरुले सहयोग गरिदिनुस्। हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन। तपाईंहरु त कहीँ लेभर गरेर पनि गर्नुभएको छ। एउटै जेनेरेशनभित्र तपाईंहरुले कति ठूलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ।’
परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरु आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गरे।
Shares

प्रतिक्रिया