राजनीति


नीति तथा कार्यक्रमले जनतामा रहेको निराशा चिर्ने काम गर्छ : एमाले

नीति तथा कार्यक्रमले जनतामा रहेको निराशा चिर्ने काम गर्छ : एमाले

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १९:४५, काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने बताएका छन्।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो प्रतिक्रिया दिएका हुन्। सरकारले तीन तहको सरकारबीच समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट नीति तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारिता बढाउन खोजेको बताए। उनले नीति तथा कार्यक्रमले जनतामा रहेको निराशा चिर्ने विश्वास समेत व्यक्त गरे।

उनले भने, ‘नीति तथा कार्यक्रमले अहिलेका विद्यमान आर्थिक समस्याहरुको समाधान हुने बाटो दिन खोजेको छ। तीन तहको सरकारको समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट प्रभावकारिता हासिल गर्ने कुरालाई यसले जोड दिएको छ। कृषि क्षेत्रलाई प्राथमिकता दिन खोजेको पनि हामीले पाएका छौँ। भोलिको दिनमा सरकारले बजेट बनाउँदा नीति तथा कार्यक्रमलाई समावेश गरेर जाने स्थिति बन्दाखेरी आर्थिक समृद्धिलाई यसले नयाँ ढंगबाट अगाडि बढाउनको लागि यसले मद्दत पुर्‍याउनेछ। निराशामा रहेका जनतलाई आशामा रुपान्तरण गर्नको लागि विविध पक्षबाट मद्दत पुर्‍याउनेछ।’

नीति तथा कार्यक्रमको आधारमा बजेट निर्माण गर्न सकिए मुलुकमा रहेका विद्यमान आर्थिक, सामाजिक समस्याहरु हल हुने उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad