राजनीति


कलाकारको आलोचना भएकोबारे प्रधानमन्त्रीको टिप्पणी– राजावादी कति असहिष्णु

कलाकारको आलोचना भएकोबारे प्रधानमन्त्रीको टिप्पणी– राजावादी कति असहिष्णु

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १३:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले आफूलाई लागेको कुरा व्यक्त गर्दा गाली गरिएको भन्दै आलोचना गरेका छन्। बिहीबार विराटनगरमा आयोजित कोसी प्रदेशकाे लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरुले असहिष्णुता प्रकट गरेको टिप्पणी गरे।

‘उनीहरुको असहिष्णुता कस्तो छ भन्ने् देख्नका लागि एकजना कलाकारले कुनै राजनीतिको एक शब्द सर्मथनमा बोले,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘त्यो कलाकारलाई खेदेर खप्नुखानु भएन। उ त पोलिटिकल मान्छे त होइन। उसले आफूलाई लागेको कुरा पाक्व बोलिदियो। यसलाई खेदेर उधुम।’

त्यस्तै कलाकार सुरक्षा पन्तमाथि भएको आलोचनाबारे पनि चर्चा गर्दैै उनले राम्रो कुरा गर्दा पनि अनावश्यक आलोचना भएको बताए। ‘एउटा बच्चका बारेमा उनीसँग सोधियो- कस्तो लाग्छ त्यो बच्चा?,’ ओलीले भने, ‘कसैको छोराछोरीको बारेमा सोध्नुपर्ने, देशभरी यत्रा छोराछोरी। कसैका नातीनातिनाकाबारेमा सोध्नुपर्ने केही जरुरी थियो? तर, सोधिहाले। गुडलुकिङ हुनुहुन्छ, कला क्षेत्रमा आउनुभयो भने मार्केट जम्छ जस्तो छ भनेको छ। कति राम्रो कुरा गरेको छ हेर्नुहोस् त। त्यो पनि भन्न नपाइने। के भनिदिनुपर्ने?’

राजा हुने अहिले व्यवस्था नै नभएको भन्दा पनि आलोचना भएको भन्दै  उनले पुरानै पञ्चायती दिन सम्झेर राजावादीहरुले कलाकारको आलोचा गरेको टिप्पणी गरे। ‘अनि सोध्छ-राजा बन्ने पनि कुरा छ नि? त्यस्तो त हाम्रोमा व्यवस्था नै छैन। त्यति भन्या छ,’ ओलीको भनाइ छ, ‘त्यो व्यवस्था नै छैन, कसरी होला र? यति भन्दा त्यसको फिलिम नहेर। त्यसले खेलेको नहेर? त्यसले गाएको गीत मिठो भए पनि नसुन। उसको नृत्य राम्रो भए पनि नहेर। उसको कला राम्रो भए पनि नहेर। कति साह्रो असहिष्णु?उही पुराना पञ्चायती दिन सम्झिएको छ क्या।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad