राजनीति


सत्तापक्षीय दलको बैठक बालुवाटारमा

उपेन्द्र यादव, सिके राउत र रञ्जिता श्रेष्ठ अनुपस्थित
सत्तापक्षीय दलको बैठक बालुवाटारमा

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १२:१८, काठमाडौँ

सत्तापक्षीय दलको बैठक बालुवाटारमा सुरु भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो। 

सरकारले यही वैशाख १९ गते संसद्‍मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्।

सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन्। 

तर आजको बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपा, सिके राउत नेतृत्वको जनमत र रन्जिता श्रेष्ठ नेतृत्वकोनागरिक उन्मुक्ति पार्टीका कुनै पनि नेता सहभागी छैनन्। 

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad