प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले एउटा पनि नराम्रो काम नगरेको दाबी गरेका छन्। आइतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले सरकारले जघन्य अपराध गरेजस्तो गरेर विरोध गरिरहेको टिप्पणी गरे।
‘अहिले सरकारले के गरेको छ र? सरकारले केही त गरेको छैन,’ ओलीको भनाइ छ, ‘कुनै नराम्रो काम एउटै गरेको छैन। तर, यत्रो विरोध। मानिलिउ, अहिलेको सरकारले देशै बरबाद गर्न लाग्यो कि जस्तो। बरबाद पारेको अर्थतन्त्र, बरबाद पारेको लोकतन्त्रलाई ट्रयाकमा हामी फर्काउँदै छौँ। तर, विरोध यसरी भएको छ मानौं हामीले देशका विरुद्ध जघन्य अपराध गरेका छौँ।’
केहीले प्रधानमन्त्रीकै बेडसम्म बिचौलियाको पहुँच पुगेको भन्ने गरेको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती समेत दिए। ‘कोही यसरी बोल्छन्, प्रधानमन्त्रीकै बेडसम्म बिचौलीयाको पहुच पुगेको छ,’ ओली भन्छन्, ‘दया लाग्छ तिनको। त्यस्ता शब्दहरु सुन्दा। के बालेको त्यो? त्यस्ता शब्दहरु प्रमाणित गर्न सक्छ? त्यसकुरालाई हतियार बनाएर, त्यसकुरालाई उद्धृत गरे विभिन्न प्रतिगामी शक्ति फेरि त्यसैलाई लिएर उफ्रेका छन्।’
Shares

प्रतिक्रिया