राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
आइतबार प्रमाणीकरण गरिएका विधेयकहरूमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ रहेका छन्।
यी विधेयक संघीय संसदबाट आजै पास भएर राष्ट्रपति समक्ष पेस भएका हुन्।
Shares

प्रतिक्रिया