राजनीति


राजावादीले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल

राजावादीले सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल

नेपालखबर
चैत १३, २०८१ बुधबार १८:०, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाएका छन्।  

बुधबार काठमाडौँमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले तत्कालीन माओवादीले सहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरूको अहिलेको बाटो त्यस्तै भएको बताएका हुन्। 

उनले राजावादीहरूले अगाडि सारेको पश्चगामी मुद्दाहरू सफल हुन नसक्ने बताए।  

‘जसरी विगतमा माओवादीहरूले सहरी विद्रोहका माध्यमबाट सत्ता कब्जा गर्ने सपना देखेका थिए, आज राजावादीहरू त्यसैगरी सपना देख्दै छन्। देशभरीका आफ्ना समर्थकहरूलाई भेला गरेर उनीहरू भन्दैछन् जनता त अब राजसंस्थाको पुनःस्थापनाको पक्षमा छन् भन्ने खालको दाबी गरिरहेका छन्,' उनले भने। 

अहिले राजावादीहरूले अवलम्बन गरेको बाटो हिजो माओवादीले हिँडिसकेको उनको दाबी छ। 

'हिजो माओवादीले अवलम्बन गरेको बाटोलाई हामीले असफल बनाएका थियौँ, राजावादीहरू त्यही बाटो अवलम्बन गर्दैछन्,' उनले भने, 'त्यो पनि पश्चगामी एजेण्डाका साथ, त्यो बाटो सफल हुन सक्दैन भन्ने कुराको सच्याइलाई तपाई हामी सबैले बुझ्नु जरुरी छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। त्यसअर्थमा, स्वभाविक रुपले अबका दिनहरूमा राजावादीहरूका अवाञ्छित क्रियाकलापहरूलाई कानुनको सीमाभित्र, वैधानिकता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad