राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरूले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरूमा ताण्डव देखाएको आरोप लगाएकी छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको बताएकी हुन्।
उनले क्याम्पसहरूमा महिनादिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराइन्।
‘स्ववियुको नाममा क्याम्पसहरूमा दलहरूको ताण्डव भइरहेको छ। यो के भएको? आफ्नो गुट,उपगुटलाई बचाउन महामन्त्री सभापति बन्न विद्यार्थीहरूको दुरुपयोग भइरहेको छ,' उनले भनिन्, 'विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यार्थीहरूले पढ्न नपाएको एक महिना भयो। म यसमा प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउँछु। विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्।’
उनले मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षालाई व्यवस्थित बनाउने सवालमा शिक्षामन्त्रीले गृह र गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाएर पन्छिन खोजेको आरोपसमेत लगाइन्।
Shares

प्रतिक्रिया