राजनीति


संसदीय समितिमा सांसद र सभापतिबीच भनाभन : बैठक पण्डितलाई हेराएर बस्ने हो?

संसदीय समितिमा सांसद र सभापतिबीच भनाभन : बैठक पण्डितलाई हेराएर बस्ने हो?

नेपालखबर
चैत ५, २०८१ मंगलबार १३:२२, काठमाडौँ

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा सांसद र सभापतिबीच भनाभन भएको छ। सिंहदरबारस्थित सभाकक्षमा बसेको बैठकमा सांसदहरूले समितिको बैठक नियमित नबसेको विषयमा सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गराएका थिए। 

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सुरुमै सभापतिलाई सम्बोधन गर्दै सोधे- 'लेखा समिति प्रतिनिधिसधाको शून्य समयजस्तो भएको छ। समितिको बैठक पनि पर्वजस्तै एक महिनामा बस्दै छ। पण्डितलाई हेराएर बसेजस्तो भएको छ, आमनागरिकमा निराशा छाएको छ।'


प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक लगातार नराखिएको भन्दै सदस्यले आपत्ति जनाएका छन् । सिंहदरबारस्थित सभाकक्षमा मंगलबार (चैत ५) बसेको बैठकमा सांसदहरूले यसबारे समिति सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गराएका हुन् ।
 
उनले यति बोलिनसक्दै सभापति पोखरेलले उनलाई विषयमा केन्द्रित हुन आग्रह गर्दै भने, 'फागुन ९ गतेपछि कहिले बैठक बस्नुपर्थ्यो र बोलाएन? भन्न सक्नुहुन्छ? त्यसपछि १५ वटा उसमितिको बैठक बसेको छ।'

फेरि यादवले जवाफ फर्काइहाले - धारणाको खण्डन गरेकोमा आपत्ति छ। पोखरेलले भने खण्डन नगरेको जवाफ फर्काए। 

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पनि नियमित बैठक नबसेको भनेका यादवलाई समर्थन गर्दै सभापतिको ध्यानाकर्षण गराए। 

उनले भने,'रामकृष्ण माननीयकले उठाएको विषय शतप्रतिशत सही छ। यहाँ उजुरीको चाङ छ। दिनकै बैठक बस्नुपर्ने अवस्था छ। तर बसेका छैनौँ।'

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले पनि बैठक नियमित हुन नसकेको भन्दै ध्यानकर्षण गराए। उनले भने, 'बैठक नियमित हुनुपर्छ। बैठकको संख्या बढाउनुपर्छ।'

सांसद आलेले आजकै बैठकबाट ट्रंकलाइन र डेडिकेटेड फिडरको विषयमा निर्णय हुनुपर्ने बताए। 'सभापति यसको निर्णय गर्नुपर्छ भनेर नगरी भाग्नु भएको छ। आज ट्रंकलाइन र डेडिकेटेड लाइनको निर्णय गर्नुपर्‍यो' आलेले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad