राजनीति


माओवादीले भन्यो : संघीयता मन नपराउनेले व्यवस्था विरोधी अभियान चलाए

माओवादीले भन्यो : संघीयता मन नपराउनेले व्यवस्था विरोधी अभियान चलाए

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०८१ सोमबार १२:४१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले संघीयता मन नपराउनेहरूले अहिले व्यवस्थाविरुद्ध अभियान चलाएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाविरुद्ध अभियान चलाइएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  

बैठकपछि निर्णय सुनाउँदै सापकोटाले बैठकमा तराई-मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताए। 

उनले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गरे। 

उनले माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गरे। जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताए। 

बैठकले सरकार सबैखाले काममा अहिले असफल भएको निस्कर्ष निकालेको उनको भनाइ छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad