नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पनि पार्टीले बहुमत नल्याउने भन्दै धेरै सिट जित्ने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबारबाट भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले यसअघिको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्।
देउवाले पार्टीमा नमिलेका कुरा संवादको माध्यमबाट टुंग्याउनुपर्ने पनि बताए।
उनले नेताहरूबीच एकता कायम हुँदा पार्टीप्रति आकर्षण बढ्ने दाबी गरे। 'यसो हुँदा हाम्रोपार्टीका प्रतिआज अझ बढी आकर्षण हुनेछ। देशभित्र बाहिर पनि। यसबारेमा प्रशिक्षणले यसबारे काम गर्ने विश्वास छ' देउवाले भने।
उनले कांग्रेस-एमालेसहितको गठबन्धन सरकार सफल हुने दाबी पनि गरे। त्यस्तै देउवाले नेपालको लोकतन्त्र अत्यन्त्रै समावेशी भएको बताए।
Shares

प्रतिक्रिया