राजनीति


नेकपा एकीकृत समाजवादीको आरोप : भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको छ

नेकपा एकीकृत समाजवादीको आरोप : भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको छ

नेपालखबर
फागुन १२, २०८१ सोमबार १४:५२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ। हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो।

बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए।

‘मुलुकमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिव जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारी राखेको वचत डुबेको छ,' उनले भने, 'त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिए अविलम्व कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौँ।'

सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको उनको भनाइ छ।  

त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको भुसालले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad