राजनीति


अध्यादेशको अस्त्रले ओलीलाई नै निर्वस्त्र बनाइदियो : प्रभु साह

अध्यादेशको अस्त्रले ओलीलाई नै निर्वस्त्र बनाइदियो : प्रभु साह

फाइल फोटो


नेपालखबर
फागुन १, २०८१ बिहिबार १६:२०, काठमाडौँ

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निर्वस्त्र बनाइदिएको टिप्पणी गरेका छन्।

रौतहटमा यमुनामाई गाउँपालिकाको विशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झण्डै दुई तिहाई बहुमतको गफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि सामान्य बहुमत समेत नभएको बताए।

‘म प्रधानमन्त्रीज्यूसँग सोध्न चाहन्छु, ‘तपाईंले त झण्डै दुई तिहाईको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ। तर तपाईं आफैँले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईंसँग समान्य बहुमत छैन। तपाईं कुन नैतिकताले अझै पदमा बस्नुभएछ?’, साहले भने, ‘तपाईंले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभो?’

आफैंले ल्याएको अध्यादेश पारित गराउन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए।

‘तपाईं (ओली) आफैंले ल्याएको अध्यादेशको अस्त्रले तपाईं आफैंलाई निर्वस्त्र बनाइदिएको छ। दुनियाँले देखिरहेको छ तपाईसँग समान्य बहुमत पनि छैन। त्यसैले तपाईं कुर्सी छोड्दा नै देश र जनताको हित हुन्छ’ साहले भने।

अध्यक्ष साहले अहिलेको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे। उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए।

ओली र देउवाको स्वार्थ बन्धनबाट विपी र मदन भण्डारीलाई मान्ने कांग्रेस र एमालेका नेताकार्यकर्ता सहित मुलुक र जनता समेत पीडित भएकाले स्वार्थ बन्धनलाई बहिष्कार गरेर अगाडी बढनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad