राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो। राष्ट्रियसभाको आजको बैठक १:१५ बजे सुरु हुँदैछ। सभाको बैठकअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामशर्य समितिको बैठक राखेर एजेन्डा तय गर्न लागेका हुन्।
आजको बैठकमा सरकारले माघ १८ गते सदनमा पेस गरेका ६ वटा अध्यादेश निर्णयार्थ पेस हुने संभावित कार्यसूची छ।
कार्यपरामर्श समितिको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखसचेतक तथा सचेतकहरू सहभागी छन्।
मन्त्रिपरिषदको सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए।
पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो। माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो। ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ।
Shares

प्रतिक्रिया