राजनीति


दुई दलको गठबन्धन रहेसम्म यो सरकार ढल्दैन: माधव नेपाल

दुई दलको गठबन्धन रहेसम्म यो सरकार ढल्दैन: माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८१ बिहिबार ५:४९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन्।

भक्तपुर कमलविनायकमा बुधबार आयोजित एक कार्यक्रममा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताएका हुन्। ‘सरकारको आयु सांसदको सङ्ख्याले निर्धारण गर्ने हो। दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ। त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ,’ नेपालले भने। 

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले संसदीय समितिमा दर्ता भएका विधेयकलाई फिर्ता नलिइ अध्यादेशमार्फत संसद्मा फास्टट्र्याकबाट पारित गराउन खोज्नु गलत भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad