राजनीति


ऊर्जामन्त्री खड्काले देउवासँग गुनासो सुनाउँदा विश्वप्रकाशको कटाक्ष

ऊर्जामन्त्री खड्काले देउवासँग गुनासो सुनाउँदा विश्वप्रकाशको कटाक्ष

नेपालखबर
माघ ३, २०८१ बिहिबार १५:३४, काठमाडौँ

ऊर्जामन्त्री दीपक खड्काले आफ्नाविरुद्ध पत्रपत्रिकामा आएका समाचारप्रति पार्टीको ध्यानाकर्षण गराएका छन्।

बिहीबार विहान ८ बजेदेखि मन्त्री, दलका नेता, प्रमुख सचेतक, राष्ट्रिय सभाका नेतासहित सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सो प्रसँग उठाएका हुन्। 

‘मन्त्रीज्युले पत्रपत्रिकामा खड्काल्याण्डका विषयमा आइरहेका समाचारको कुरा गर्नुभयो,’ उनको भनाई उधृत गर्दै एक मन्त्रीले नेपालखबरसँग भने, ‘त्यसपछि महामन्त्री विश्वप्रकाश शर्माजीले गोर्खाल्याण्ड मात्र थियो, खड्काल्याण्ड चाहिँ बल्ल आज थाहा भयो भन्नुभयो। गोर्खाल्याण्ड खड्काल्याण्ड एउटै भएछ भन्दै जोक पनि गर्नुभयो।’

उनले त्यसो भनेपछि बैठकमा एकछिन सबै हासेका थिए। 

ऊर्जामन्त्री संचालक रहेको खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लीले नेपाल स्काउटको जग्गा र भवन भाडामा लिए पनि तिर्नुपर्ने रकम नतिरेको भन्दै विभिन्न संचारमाध्यममा पछिल्लो समय समाचार आइरहेका छन्। उनको कम्पनीले लैनचौरस्थित स्काउटको ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर व्यापार गर्दै आएको छ।

आफूविरुद्ध मिडियामा आएको समाचारबारे सभापतिसँग गुनासो गरेका मन्त्री खड्काले आफूले पटकपटक स्पष्टीकरण सोधेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भने कुनै प्रसंग उनले उठाउन चाहेनन्।

पछिल्लो दिन उनी र कुलमानबीच तिक्ततापूर्ण सम्बन्ध छ। खड्काले केहीदिनअघि तपाईंमाथि किन कारबाही नगर्ने भन्दै कुलमानसँग ९ बुँदे स्पष्टीकरण सोधेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad